आरम्भ
हाम्रो वरिपरि अवलोकन गर्ने हो भने हामी मुख्य गरी तीन प्रकारका अस्तित्व पाउछौं। यही तीन प्रकारका अस्तित्व नै सम्पूर्ण ब्रह्माण्डमा भेटिन्छ। पहिलो हो उर्जा, दोस्रो हो पदार्थ र तेस्रो हो आकाश। एक उर्जा बाट नै ३ प्रकारको उर्जाको उत्पति हुने गर्दछ। पहिलो हो तमस गुणी उर्जा, जुन उर्जाको कुनै पनि प्रकारको रुप रंग र आकार हुदैन। तमस गुणी उर्जा पनि दुई किसिमका हुन्छन, एक भाव प्रधान उर्जा र अर्को भाव शुन्य पूर्ण अज्ञानरुपी उर्जा । भाव प्रधान उर्जालाई हामी महशुश गर्न सक्छौं भने भाव शुन्य उर्जालाई महशुश गर्न सकिंदैन। दोस्रो हो रजस गुणी उर्जा जसको रुप रंग र आकार हुन्छ। रजस गुणी उर्जालाई नै पदार्थ भनिन्छ। पदार्थ पनि तरल र ठोस गरेर दुई किसिमका हुन्छन्। पदार्थ दृश्य प्रधान हुन्छ त्यसैले हामी पदार्थलाई हाम्रो आँखाले देख्न सक्छौं। तेस्रो हो सत्व गुणी उर्जा। यो उर्जाको पनि कुनै रुप रंग हुदैन। यही सत्व प्रधान उर्जालाई नै आकाश भनिन्छ। आकाश ध्वनि प्रधान हुन्छ। सुक्ष्म ध्वनियुक्त आकाश र स्थुल ध्वनियुक्त आकाश गरी दुई प्रकारका आकाश हुन्छन्। स्थुल ध्वनियुक्त आकाशलाई नै वायुमण्डल भनिन्छ। वायु नै स्थुल ध्वनि संचार...