आरम्भ

हाम्रो वरिपरि अवलोकन गर्ने हो भने हामी मुख्य गरी तीन प्रकारका अस्तित्व पाउछौं। यही तीन प्रकारका अस्तित्व नै सम्पूर्ण ब्रह्माण्डमा भेटिन्छ। पहिलो हो उर्जा, दोस्रो हो पदार्थ र तेस्रो हो आकाश। एक उर्जा बाट नै ३ प्रकारको उर्जाको उत्पति हुने गर्दछ। पहिलो हो तमस गुणी उर्जा, जुन उर्जाको कुनै पनि प्रकारको रुप रंग र आकार हुदैन। तमस गुणी उर्जा पनि दुई किसिमका हुन्छन, एक भाव प्रधान उर्जा र अर्को भाव शुन्य पूर्ण अज्ञानरुपी उर्जा । भाव प्रधान उर्जालाई हामी महशुश गर्न सक्छौं भने भाव शुन्य उर्जालाई महशुश गर्न सकिंदैन। दोस्रो हो रजस गुणी उर्जा जसको रुप रंग र आकार हुन्छ। रजस गुणी उर्जालाई नै पदार्थ भनिन्छ। पदार्थ पनि तरल र ठोस गरेर दुई किसिमका हुन्छन्। पदार्थ दृश्य प्रधान हुन्छ त्यसैले हामी पदार्थलाई हाम्रो आँखाले देख्न सक्छौं। तेस्रो हो सत्व गुणी उर्जा। यो उर्जाको पनि कुनै रुप रंग हुदैन। यही सत्व प्रधान उर्जालाई नै आकाश भनिन्छ। आकाश ध्वनि प्रधान हुन्छ। सुक्ष्म ध्वनियुक्त आकाश र स्थुल ध्वनियुक्त आकाश गरी दुई प्रकारका आकाश हुन्छन्। स्थुल ध्वनियुक्त आकाशलाई नै वायुमण्डल भनिन्छ। वायु नै स्थुल ध्वनि संचार गर्ने माध्यम हो भने सुक्ष्म ध्वनि संचार गर्ने माध्यम आकाश हो। आकाश, वायु, तरल, ठोस आदि उर्जा बाट नै बनेका तत्वहरु हुन्। आकाशलाई आकाश तत्व , वायुलाई वायु तत्व ,तरल वस्तुलाई जल तत्व र ठोस बस्तुलाई पृथ्वी तत्व भनिन्छ। जल तत्व भनेको पानी मात्र नभएर पेट्रोल, डिजेल, मट्टीतेल आदि सबै जल तत्व अन्तर्गत पर्दछ। अग्नि तत्व भाव प्रधान उर्जा अन्तर्गत पर्दछ। अग्निमा रुप देखिए पनि अग्नि तत्वको मूल स्वरुपमा रुप हुन्न। हाम्रो शरीरमा भएको ताप नै अग्नि हो जसको रुप हुन्न। पदार्थ दृश्यप्रधान उर्जा हो तर यस भित्र पनि भाव र ध्वनि सुक्ष्म रुपमा रहेको हुन्छ। आकाश ध्वनि प्रधान उर्जा हो तर यसमा पनि भाव र दृश्य सुक्ष्म रुपमा रहेको हुन्छ। भाव प्रधान उर्जा भित्र पनि ध्वनि र दृश्य सुक्ष्म रुपमा रहेको हुन्छ र भाव शुन्य उर्जामा भने भाव, दृश्य र ध्वनि अव्यक्त रुपमा रहेको हुन्छ। भाव शुन्य उर्जा अव्यक्त रुपमा हुने भएकोले यो बाहेक उर्जाबाट निर्मित पाँच तत्वलाई पन्चतत्व भनिन्छ। आकाश तत्व , वायु तत्व, जल तत्व, पृथ्वी तत्व र अग्नि तत्व नै पन्चतत्व भित्र पर्दछ। भाव प्रधान उर्जा र भाव शुन्य उर्जालाई मात्र उर्जा (Energy), दृश्य प्रधान उर्जालाई पदार्थ (Matter) र ध्वनि प्रधान उर्जालाई आकाश (Space ) भनिन्छ। हाम्रो ब्रह्माण्डमा Energy , Matter र Space यी तीन अस्तित्वको मुख्य भूमिका छ।

Comments